site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सुदूरपश्चिम अधिवेशन : उपसचिवमा अल्झिएकोे गाँठो फुकेन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा उपसचिवमा कुरा नमिल्दा नेतृत्व चयनको प्रक्रिया लम्बिएको छ । जारी अधिवेशनमा अध्यक्षका आकांक्षी चारजनाबाट दुईजनाले उमेदवारी फिर्ता लिँदा पनि उपसचिवमा सहमति हुन सकेको छैन ।  

अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना र बचनबहादुर सिंहले उमेदवारी फिर्ता लिइसकेका छन् । अध्यक्षका उमेदवारमा स्थायी कमिटी सदस्य कृष्णप्रसाद जैसी र नेता भीम रावल पक्षका भरत साउद छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अध्यक्षमा जैसीलाई निर्विरोध गराउन नेताहरु लागेका छन् । उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध भइसकेका छन् । रावल पक्षधरले सहमति नै गर्ने भए आफूहरुलाई पदाधिकारीमा दुईवटा पद दिनुपर्ने अडान राखेका छन् । 

उपसचिवमा उमेदवार दिलबहादुर विकका नाममा सहमति नभए चुनाव हुने साउद बताउँछन् । उपसचिवमा अशोक चन्दले उमेदवारी फिर्ता लिएर नरबहादुर विकलाई छाड्नुपर्ने सर्त रावल पक्षको छ । अरु नेता रावल पक्षलाई दुईवटा पद दिन तयार छैनन् ।

Royal Enfield Island Ad

“उनीहरुले उपसचिवका प्रतिनिधिलाई नाम फिर्ता गर्न लगाएका छैनन् । नरबहादुर विकलाई निर्विरोध नछाडेसम्म अध्यक्षमा म पनि छाड्दिनँ,” साउद भन्छन्, “त्यसो नभए चुनावमा जाने हो ।”

चुनावमा जाँदा अन्य प्रदेशमा गुट सिर्जना भएको भन्दै शीर्ष नेताहरुले सहमतिमा नै नेतृत्व टुंग्याउन दबाब दिएका छन् । 

“अरु प्रदेशमा निर्वाचनमा जाँदा गुट बन्यो भनेर सहमतिमा नै निर्वाचन गर्न दबाब छ । सहमतिका लागि प्रयास भएकै छ । सदस्यहरुमा कल्स्टरबाट सहमति भइरहेको छ । त्यसैले पनि प्रक्रिया लम्बिएको हो । सायद, सबै सहमतिमा नै टुंगिन्छ,” एक नेता बाह्रखरीसँग भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro