site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिशु 'बिक्री गर्ने' विराटनगरका चिकित्सकसहित तीनजना जेल चलान 

विराटनगर । नवजात शिशु बिक्री गरेको आरोप लागेका एकजना चिकित्सकसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालबाट शिशु बिक्री गरिएको थियो । 

बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गर्ने मोरङको कटहरी गाउँपालिका–२ का ३० वर्षीय सूर्यनारायण राजवंशीलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो ।

Dabur Nepal
NIC Asia

उनीहरूलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।

अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार विराटनगर–११ जनपथ टोलका निर्मला यादव, मोरङ कटहरी–२ की शुक्री राजवंशी र दिलमनीदेवी राजवंशीलाई धरौटी छाड्न आदेश भएको छ ।‌

शुक्रीसँग दुई लाख, निर्मलासँग एकलाख र दिलमनीदेवीसँग १० हजार रुपैयाँ धरौटी माग गरिएको जनाइएको छ ।

२६ वर्षीया अविवाहित युवतीले असार १४ गते ग्रिनक्रस अस्पतालमा शिशु (छोरी) जन्माएकी थिइन् । बिहे गर्ने प्रलोभन देखाएर गोविन्दले गर्भवती बनाएपछि प्रसूतिका लागि अस्पताल लगेका थिए ।

प्रहरीका अनुसार कम तौलको भन्दै शिशु गायब पारी डा. तपेश्वरलगायतले बिक्री गरेको अनुसन्धानबाट खुलेको थियो । सामान्य प्रसूतिमार्फत छोरी जन्माएपछि गोबिन्ले युवतीलाई सुनसरीको इटहरी पुर्‍याएर होटलमा राखी भागेका थिए । 

साउन ३२ गते युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएकी थिइन् । उनले आफूले छोरी जन्माएपछि अस्पताबाटै हराएको प्रहरलाई बयान दिएकी थिइन् । त्यसपछिको अनुसन्धानबाट डा. तपेश्वरले नि:सन्तान दम्पतीलाई पाँच लाख रुपैयाँमा शिशु बिक्री गरेको खुलासा भएको थियो । 

मोरङको कटहरी–२ आदर्श टोलका गत सूर्यनारायण राजवंशीले पाँच लाखमा शिशु किनेर लगेको अनुसन्धानबाट खुलेको थियो ।‌ यसको चाँजोपाँजो अस्पतालकी सरसफाइ कर्मचारी सुधा भनिने शुक्रीले मिलाएको बताइएको छ ।‌ दिलमनीदेवीको परिवारलाई बच्चा उपलब्ध गराएको खुलेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro