site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालका एक खेलाडीले भारतको प्रो कबड्डी लिग खेल्ने 

काठमाडौं । नेपालका धनश्याम रोका मगरले भारतीय प्रो कबड्डी लिगको १०औँ संस्करण खेल्ने भएका छन् । 

प्रो कबड्डी लिग–२०२३ का लागि घनश्यामलाई हरियाणा स्टिलर्सले भित्र्याएको हो । धनश्यामलाई सोमबार भएको अक्सनबाट हरियाणा स्टिलर्सले १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । 

घनश्यामले नेपालको जुनियर टिमबाट खेलिसकेका छन् । विश्व जुनियर कबड्डी च्याम्पियनसिपमा कास्य पदक जित्दा घनश्याम टिमका उपकप्तान थिए ।

सोमबार भएको अक्सनबाट प्रो कबड्डी लिगमा बिक्री भएका घनश्याम नेपालका एकमात्र खेलाडी हुन् । अक्सनका लागि घनश्यामबाहेक, रामु टमाटा, कुमार लामा र प्रदीप मिजार पनि विदेशी खेलाडीको कोटामा थिए । तर, अन्य तीन खेलाडी भने बिक्री भएनन् ।

अक्सनमा भारतका ९५ खेलाडी बिक्री भए । विदेशी खेलाडीको कोटामा इरानबाट सबैभन्दा धेरै ११ खेलाडी बिक्री भए । केन्या, ताइवान र इंग्ल्यान्डका समान दुई खेलाडी बिक्री भए । यस्तै, नेपाल, इराक, पोल्यान्ड, श्रीलंका र बंगलादेशबाट समान एक खेलाडी बिक्री भए ।

प्रो कबड्डी लिगको १०औँ संस्करण २ डिसेम्बरदेखि सुरु हुँदैछ । प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro