राजनीति
काठमाडौं । नेपाल (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन् ।
पार्टीले गरेको पछिल्लो कार्यविभाजनअनुसार केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका श्रेष्ठले आजबाट कार्यभार सम्मालेका हुन् ।
उनलाई यसअघि कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उप–महासचिव गगांलाल तुलाधर, कार्यालयका उपसचिव केदार संजेलले स्वागत गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० १४:३७
प्रतिक्रिया दिनुहोस्