site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सदूरपश्चिम अधिवेशन : कमल तिमिल्सिनाले फिर्ता लिए उमेदवारी 

काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अध्यक्षको उमेदवार कमल तिमिल्सिनाले उमेदवारी फिर्ता लिएका छन् । 

प्रदेश कमिटीको उपाध्यक्ष रहेका तिमिल्सिनाले सहमतिबाट नेतृत्व चयनका लागि आफू पछि हटेको बताए । 

Argakhachi Cement Island Ad

“सहमतिबाटै नेतृत्व चयनको प्रयास भएको छ । त्यसकै लागि मैले नेतृत्वको दाबी फिर्ता लिएको हुँ,” उनी भन्छन्, “कृष्णप्रसाद जैसीका नाममा सहमतिका लागि मैले छाडेको हुँ ।”

स्थायी कमिटी सदस्य कर्ण थापाको साथ पाएका कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने गरी नेताहरू छलफलमा जुुटिरहेका छन् । 

तर, पूर्वउपाध्यक्ष भीम रावल पक्षको साथ पाएका भरत साउद र सचिव लेखराज भट्टको साथ पाएका बचनबहादुर सिंह चुनावको माग गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्