site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलमा फसेका नेपालीहरूको उद्धार गर्न सांसदहरूको माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदरूले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरूको यथाशीघ्र उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरूले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरूको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरेका हुन् । उनीहरूले द्वन्द्वमा परी घाइते भएकाहरूको स्वास्थ्योपचार गर्न पनि माग गरेका छन् ।

सांसदहरूले छिटोभन्दा छिटो कूटनीतिक पहल गरेर संकटमा फसेका नेपालीहरूको उद्धार गर्न सरकारको गम्भीर रूपले ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले घाइतेहरूको उपचार गर्न र नेपालीहरूलाई उद्धार गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्ने बताए । उनले कति नेपाली प्रभावित भए भन्ने पछिल्लो विवरण संसद्मा पस्तुत गर्न पनि सरकारसँग माग गरेका छन्

उनले भने, "इजरायलमा रहेका नेपालीहरूको यकिन गरी घाइते भएकाहरूलाई स्वास्थ्योपचारको व्यवस्था र नेपाल फर्काउनको निम्ति सरकारले तत्कालै युद्धस्तरमा काम गरोस् । पछिल्लो घटनाक्रम कुन खालले विकसित भइरहेको छ, झन्डै एक लाख २३ हजार विस्थापित छन् । त्यसमध्ये नेपालीहरू कति परेका छन् त्यसको पछिल्लो विवरण संसदमा सरकारले पस्तुत गरोस् ।"

अर्का सांसद असिम साहले नेपालको सत्तामा रहेकारूलाई पनि हमासको संज्ञा दिँदै नेपालीहरू इजरायलमा आक्रमणमा पर्नुमा नेपालका हमासहरू पनि जिम्मेवार रहेको बताए । देशको साधन, स्रोतमा नेपाली हमासहरूको हालिमुहाली रहेको उल्लेख गर्दै सो अत्याचार सहन नसकेर नेपाली युवाहरू विदेशीनु परेको बताए । सरकारले इजरायली राष्ट्राध्यक्षसँग संवाद गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

सरकारको इजरायलसँगको कूटनीतिक कमजोरी रहेको कुरा छताछुल्ल रूपमा पोखिएको सांसद गोकुल बाँस्कोटाले बताए । उनले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित रूपमा तत्काल देश फर्काउन माग गरे ।

उनले भने, "इजरायलसित नेपालको दक्षिण एसियामै सबैभन्दा पुरानो सम्बन्ध हो, सरकारको कूटनीतिक कमजोरी छताछुल्ल ढंगले पोखिएको छ । प्रधानमन्त्री एकदम लोकप्रिय काम गर्दै हुनुहुन्छ, भिडियो कल । समवेदना । तर त्यहाँका नेपालीहरूको चाहना के छ भने, जो संकटमा फसिरहेका छन् तत्काल यो देश फर्काइयोस् । उनीहरूलाई नेपाल फर्काइयोस् सुरक्षित रूपमा । र उपचार गर्नुपर्नेलाई उपचार गरियोस् ।"

सांसद जनार्दन शर्माले इजरायलमा फसेका नेपाली नागरिकहरूलाई नेपाल फर्काउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले कूटनीतिक पहल यथाशीघ्र गर्न सरकारलाई आग्रह गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro