site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा जारी एकदिवसीय विश्वकप गुमाएका पाँच चर्चित क्रिकेटर
SkywellSkywell

काठमाडौं । विश्वकपमा देशबाट प्रतिनिधित्व गर्न पाउनु कुनै पनि खेलका खेलाडीहरुको सबैभन्दा ठूलो उपलब्धिमा गनिन्छ । अझ दाबेदार राष्ट्रबाट खेलिसकेपछि विश्वकपको उपाधि जित्नु उनीहरुका लागि सबैभन्दा ठूलो लक्ष्य बनेको हुन्छ ।

धेरै क्रिकेटरहरूको लागि एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप यस्तै प्रतिष्ठित प्रतियोगिता हो । तर, केही शीर्ष स्तरका खेलाडीहरूले चार वर्षमा एकपटक आउने प्रतियोगिता चोट वा कहिलेकाँही छनोटकर्ताको रणनीतिक निर्णयका कारण गुमाउँछन् ।

यसपटक भारतमा एकदिवसीय क्रिकेटको महाकुम्भ चलिरहँदा केही शीर्ष स्तरका क्रिकेटरहरु विभिन्न कारण टिममा छैनन् । यसैमध्ये भारतमा जारी एकदिवसीय विश्वकप गुमाएका चर्चित पाँच क्रिकेटरहरु यस्ता छन्ः

KFC Island Ad
NIC Asia

तामिम इकबाल (बंगलादेश)

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तामिम इकबाल बंगलादेशको सबैभन्दा प्रभावशाली ब्याटर हुन् । र, बंगलादेशी क्रिकेटले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट ब्याटर । तर, भारतमा जारी विश्वकपको यस संस्करणमा इकबाल बंगलादेशी टिममा छैनन् ।

Royal Enfield Island Ad

छनोटकर्ताका अनुसार इकबाल ढाडको चोटका कारण टिममा नअटाएका हुन् । देव्रे हाते ओपनर ब्याटर इकबालले २४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १४ शतकसहित आठ हजार ३५७ रन बनाएका छन् ।

इकबाल पछिल्लो केही वर्षयता भने चोटका कारण बंगलादेशी टिमको नियमित सदस्य बन्न सकेका छैनन् । उनले यसै वर्षको सुरुआतमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे पनि केही समयपछि फिर्ता लिएका थिए ।

नसिम साह (पाकिस्तान)

पछिल्लो समय साह पाकिस्तानी बलिङ आक्रमणको प्रमुख हतियार बनेका थिए । साहिन साह अफ्रिदीसँग ओपनिङ बलिङमा दबाब झेल्न सक्ने क्षमताका कारण उनी युवा उमेरमै पाकिस्तानी प्रमुख बलर बनेका थिए । पाकिस्तानबाट १४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २० वर्षीय नसिमले ४.६८ को इकोनोमीसहित ३२ विकेट लिएका छन् । उनी तल्लो क्रमको ब्याटिङमा आएर केही ठूला प्रहार गर्न सक्ने क्षमता पनि राख्छन् ।

तर, एसिया कपमा भारतविरुद्ध काँधमा चोट लागेपछि पाकिस्तान नसिमबिनै भारतीय भूमिमा जारी विश्वकप खेलिरहेको छ । पाकिस्तानी छनोटकर्ताका अनुसार नसिम करिब तीनदेखि चार महिना मैदानबाट बाहिर रहनेछन् ।

जासन रोय (इंग्ल्यान्ड)

ओपनर जासन रोयले विश्वकपका लागि घोषित इंग्ल्यान्डको प्रारम्भिक टिममा स्थान बनाएका थिए । तर, भारत जाने अन्तिम १५ टिममा भने रोयले स्थान बनाउन सकेनन् । इयोन मोर्गनको कप्तानीमा इंल्यान्डले एकदिवसीय विश्वकपको उपाधि जित्दा रोय टिमका महत्वपूर्ण सदस्य थिए ।

सन् २०१९ को विश्वकपका सात खेलमा ४४३ रन बनाएका रोय इंग्ल्यान्डबाट सबैभन्दा धेरै रन बनाउनेमध्येका एक खेलाडीसमेत थिए । पछिल्लो समय ३३ वर्षीय रोयले चोटका कारण इङ्ल्यान्ड टोलीमा स्थायी रूपमा खेल्न सकेका छैनन् । गत महिना न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा ढाडको समस्याका कारण विश्वकपको टोलीमा समावेश हुनबाट वञ्चित भएका थिए ।

वनिन्दु हसरंगा (श्रीलंका)

पछिल्लो केही वर्षयता वनिन्दु हसरंगाले श्रीलंकामा शीर्ष क्रिकेटरको सम्मान पाएका छन् । लेग स्पिरन हसरंगाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६७ विकेट लिँदा तीनपटक एकै खेलमा पाँच विकेट लिएका छन् । यस्तै, ब्याटिङमा पनि चार अर्धशतकसहित ८३२ रन बनाएका छन् ।

तर, एसिया कपका दौरान हसरंगा घाइते भएका थिए । र, अझसम्म चोट पूर्ण रुपमा ठिक नभइसकेको हुँदा विश्वकप खेल्ने टिममा उनलाई नसमेटिएको श्रीलंकाको छनोट समितिले बताएको छ । हसरंगा पछिल्लो दुई ट्वान्टी–२० विश्वकपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए ।

मिचेल ब्रासवेल (न्युजिल्यान्ड)

मिचेल ब्रासवेल सन् २०२२ को न्युजिल्यान्डका ‘एकदिवसीय वर्ष क्रिकेटर’ चुनिएका थिए । गत जुनमा इंग्लिस काउन्टी खेलका दौरान खुट्टामा चोट लागेपछि उनी भारतमा हुने विश्वकपको १३औँ संस्करण खेल्ने टिममा अटाएनन् ।

ब्याटिङ र बलिङ दुवै गर्न सक्ने उनले एकदिवसीय क्रिकेटमा ४२.५ को औषतमा ब्याटिङ गर्छन् । उनले न्युजिल्यान्डबाट १९ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा दुई शतकसहित ५१० रन बनाएका छन् । यस्तै, ब्रासवेलले बलिङ १५ विकेट लिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro