site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोना संक्रमण देखिएपछि झापाका सीमा नाकामा कडाइ

भद्रपुर (झापा) । भारतसहित सुदूरपश्चिम प्रदेशमा काेरोना संक्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । 

संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । 

Argakhachi Cement Island Ad

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले नाकामा रहेका हेल्थ डेस्कलाई थप जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउने निर्णय गरेको थियो । 

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लास्थित सबै स्थानीय तहहरूलाई सतर्कता अपनाउन र आवश्यक तयारी गर्न परिपत्र गरिएको जानकारी दिए । उनले भने, “क्वारेन्टाइन व्यवस्थापन, जनचेतना कार्यक्रम सञ्चालन गर्न र अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।” 

प्रमुख बाराकोटीले संक्रमणको सम्भावित जोखमलाई ध्यानमा राख्दै भारतलगायत कोभिड–१९ को प्रकोप देखिएका क्षेत्रबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई नाकामा स्वास्थ्यकर्मीद्वारा जाँच गरिने जानकारी दिए । उच्च जोखिममा रहेकाहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको उनले बताए ।

स्वास्थ्य कार्यालय संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन, भीडभाडमा नजानेलगायत सावधानीका उपाय अपनाउन सबैलाई आग्रह गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्