site stats
बाह्रखरी :: Baahrakhari
देश
बैंकिङ कसुरमा फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले  कञ्चनपुरको भीमदत्त नपा १का ३९ वर्षीय रामबहादुर विष्टलाई आइतबार पक्राउ गरेको हो । 

उच्च अदालत पाटन ललितपुरले को ०७८ कात्तिक १४को फैसलाअनुसार अभियुक्तलाई २० लाख जरिबाना, सात दिन कैद र ८० हजार क्षतिपूर्ति तोकिएको थियो । 

Argakhachi Cement Island Ad

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि सोमबार उनलाई काठमाडौं जिल्ला अदालत पठाइएको थियो । 

जिल्ला अदालतको फैसलाले उनलाई कारागार कार्यालय डिल्लीबजार चलान गरिएको प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्