site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले ल्याएको विद्युत् विधेयकलाई परिमार्जन गर्नुपर्छ : रमेश लेखक
फाइल तस्बिर।

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेस गरेको विद्युत् विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत् उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताए । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता उनले औँल्याए ।

“सरकारले पनि आफ्नोतर्फबाट उत्पादन र प्रसारणको काम गरोस् । र, निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दै लिएर जाओस् भन्ने नीति हामीले अवलम्वन गर्नुपर्छ भन्ने मलाइ लाग्दछ,” उनले भने, “तेस्रो कुरा नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत् उपलब्धताको ग्यारेन्टी सरकारले गर्न जरुरी छ । त्यसो भएको हुनाले यी विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न जरुरी छ ।”

प्रमुख सचेतक लेखकले सरकारले विधेयक राम्रो ल्याएको र त्यसलाई गम्भीरतापूर्वक छलफल गरेर अघि बढाउनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro