राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासले गरेको आक्रमणबारे सदनलाई जानकारी गराउने भएका छन् ।
स्रोतका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले आक्रमणमा नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराउने छन् ।
प्यालेस्टाइनको सुन्नी–इस्लामिक कट्टरपन्थी संगठन हमासले शनिबार मध्य र दक्षिण इजरायलमा रकेट आक्रमण गरेको थियो ।
जसमा नौजना नेपाली घाइते रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । नौजनामध्ये दुईजनाको अवस्था भने गम्भीर रहेको सरकारले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १२:४५
प्रतिक्रिया दिनुहोस्