site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पाँचवटा एसियाड रिपोर्टिङ गर्ने राजवंशीलाई सम्मान
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)ले खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ ।

एआईपीएस एसियाले पाँचवटा र सोभन्दा बढी एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाका पत्रकारहरुलाई कदर गर्ने क्रममा नेपालबाट राजवंशी सम्मानित भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हाङझाउको मेन प्रेस सेन्टरमा आयोजित कार्यक्रममा ओलम्पिक च्याम्पियन तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीका सदस्य सियोङ मिन रियु, एआईपीएस एसियाका अध्यक्ष हि डोङ जोङ र उपाध्यक्ष मुबारक अल बोनिनले प्रमाणपत्र प्रदान गरेका थिए ।

एआईपीएसले अन्तर्राष्ट्रिय रुपमा लामो समय रिपोर्टिङ गर्ने पत्रकारहरुलाई सम्मान गर्ने परम्पराको सुरु गरेपछि एआईपीएस एसियाले यो वर्षको एसियाली खेलकुदबाट सम्मानको अभियान थालेको हो । जसमा यो वर्ष ६९ जना पत्रकार सम्मानित भए ।

Global Ime bank

राजवंशीले सन् १९९८ को बैंकक, सन् २००२ को बुसान, सन् २०१० को ग्वान्जाउ, सन् २०१४ को इन्चोन तथा हान्झाउ एसियाडमा रिपोर्टिङ गरेका थिए ।

सम्मानित भएपछि राजवंशीले भने, “एसियाली खेलकुदमा रिपोर्टिङ गरेको पनि २५ वर्ष भइसकेछ । त्यसमा अन्तर्राष्ट्रिय रुपमा सम्मानित हुन पाउँदा खुसी लागेको छ ।”

सम्मानित हुनेहरुमा सबैभन्दा बढी १० पटक एसियाडमा भाग लिएका चीनका वेई सेङसमेत थिए ।

कार्यक्रममा एआईपीएस एसियाका अध्यक्ष हि डोङ जोङ अब एसियाडको हरेक संस्करणमा धैर्यतापूर्वक लामो समय योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान नियमित रुपमा गर्ने बताए । उनले भने, “एसियामा लामो समय खेलकुद पत्रकारितामा योगदान दिनेहरु धेरै छन् । हामी ती सबैलाई सम्मान गर्दै जाने छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement