site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चेन्नाईलाई हराउँदै बेंगलुरु बन्यो प्लेअफ पुग्ने चौथो टिम

काठमाडौं । चेन्नाई सुपर किंग्सविरुद्ध २७ रनको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।

शनिबार राति एम चिन्नास्वाम रंगशालमाा भएको खेलमा बेंगलुरुले टस हारेर पहिले ब्याटिङ गर्दै २१८ रनको योगफल खडा गरेको थियो । २१९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा १९१ रनमात्र बनाउन सक्यो । चेन्नाईलाई प्लेअफमा पुग्न २०१ रन बनाउनु पर्ने थियो । तर, अन्तिम ओभरमा २०१ रन पूरा गर्न १७ रन आवश्यक भए पनि चेन्नाईले सात रनमात्र बनाउन सक्यो । यता, बेंगलुरुलाई भने प्लेअफमा पुग्न १८ रनको जित पर्याप्त थियो ।

योसँगै आईपीएलको प्लेअफमा पुग्ने चार वटै टिमको टुंगो लागेको छ । लिग चरणबाट कोलकाता नाइट राइडर्सले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको हो । यस्तै, राजस्थान रोयल्स र सनराइजर्स हैदरावादसँगै रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

लिग चरणको अन्तिम दुई खेल आज हुँदै छन् । जसअन्तर्गत पहिलो खेलमा सनराइजर्स हैदराबाद र पञ्जाव किंग्स भिड्दा दोस्रो खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro