site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल तेस्रो अभ्यास खेलमा पराजित

काठमाडौं । ट्वान्टी–२० विश्वकपअघिको तेस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिम विन्डवर्ड्स भोल्कानोजविरद्ध ६७ रनले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा भोल्कानोजले पहिले ब्याटिङ गर्दै २०५ रनको योगफल खडा गरेको थियो। २०६ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले १७.२ ओभरमा सबै विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

नेपालका कप्तान रोहितकुमार पौडेलले ५३ रन बनाए पनि टिमको हार टार्न भने सकेनन् । यस्तै, ओपनर आसिफ सेखले २४ रन थपे । नेपाललाई सस्तैमा समेट्न भोल्कानोजका डी नेड र के होजले समान तीन विकेट लिए ।

त्यसअघि भोल्कानोजका डी डग्लासले ५६ र एस डिस्क्रेटले ५५ रन बनाएका थिए । नेपालका कमलसिंह ऐरीले चार र सोमपाल कामीले तीन विकेट लिए ।

यो नतिजासँगै नेपालले भोल्कानोजविरुद्धको तीन खेलको शृंखला २–१ ले जितेको छ । यसअघि नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः चार र ४९ रनको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro