site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शंका नगरौँ, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल 
फाइल तस्बिर

काठमाडाैं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिने बताएका छन् । आइतबार पेसागत महासंघको कार्यक्रममा उनले पार्टीमा कुनै समस्या नरहेको पनि बताए । 

“हामी सरकारमा छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । यहाँ कसैले शंका, उपशंका नगरे हुन्छ । कुनै इफ, कुनै बट छैन । विथआउट रिजर्भेसन यो सरकारलाई विश्वासको मत उपलब्ध हुनेछ,” उनले भने । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री प्रचण्डले सोमबार (भोलि) विश्वासको मत लिने तयारी गरेका छन् । अध्यक्ष नेपालले आइतबार बिहान प्रधानमन्त्रीसँग कुराकानी भएको सुनाए । उनले सदनको अवरोध हटाउनु नै सबैको हितमा हुने बताए । 

 “आजै मेरो प्रधानमन्त्रीसँग कुराकानी भयो । संसद् अवरोधका विषयमा पनि कुराकानी भयो । अवरोध हटाउने विषयमा मेरो राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि कुराकानी भयो,” उनले भने, “अन्य पक्षसँग कुराकानी भयो, नेपाली कांग्रेससँग पनि भयो । यो अवरोध पन्छाउनु नै सबैको हितमा हुन्छ । ”

सहमतिका साथ अघि नबढे ठूलो संकटमा परिने उनको भनाइ छ । “अहिले सहमतिका साथ जानु नै बेस हुन्छ । नभए ठूलो संकटमा हामी पर्छौंं ,” उनले भने, “नीति कार्यक्रममा छलफल गर्ने ढोका नखोल्ने हो भने के–के समस्या खडा हुन्छन् भन्ने कुरा ध्यानमा राख्नुपर्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro