site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सिंहदरबारको अधिकार घरगाउँमा पुर्‍याउने उद्देश्यका साथ संघीय लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको बताए । त्यसमाथि प्रश्न उठाउने प्रयत्न भइरहेको उनको भनाइ छ ।

स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी रहेको उनले बताए । राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रिक व्यवस्था बलियो हुने उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले संघीयतासम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विभिन्न आशंका पैदा हुने अवस्था आएको बताए । लामो संघर्षपछि प्राप्त उपलब्धिलाई जनताको हितमा इमानदारीका साथ लागु गरिएको छ कि छैन भनेर समीक्षा गर्ने बेला आएको उनको धारणा छ ।

उनले जनतामा सकारात्मक परिवर्तनको महसुस नहुँदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro