site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गरिब–दलित समुदाय अझै विद्यालय जान सकेका छैनन् : सांसद परियार
फाइल तस्बिर।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले विश्वका अन्य देशको उदाहरण दिने तर आफ्नै देशमा गरिब र दलित समुदायका विद्यार्थी विद्यालय जान नपाउने अवस्था नदेख्ने भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार विद्यालय शिक्षा विधेयक २०८० को सैद्धान्तिक छलफलमा बोल्दै उनले सरोकारवाला निकायको ध्यान नेपालको कुनाकाप्चाका बालबालिकासम्म नपुगेको गुनासो गरे । उनले ठूलठूला कुरामात्र गर्ने तर, विद्यालय शिक्षाबाहिर रहेका जनताको उपेक्षा गर्ने भए सांसदहरूको छलफल पनि निरर्थक हुने धारणा राखे ।

Argakhachi Cement Island Ad

“विभिन्न देशको उदाहरण दिन खोज्छौँ । हाम्रै देशको गाउँमा बस्ने गरिब र दलित समुदायका बालबालिका स्कुल जान सकेका छैनन् । हाम्रो ध्यान त्यहाँ जानुपर्छ कि पर्दैन ?,” परियारले प्रश्न गर्दै भने, “हिमाल पहाड तराई तथा कुनाकाप्चाहरुमा अहिले पनि सतप्रतिशत भर्ना गर्न सकेका छैनौँ । विद्यालय जान सकेका छैनन् । एसईईसम्म ड्रप आउटको ठूलो समस्या छ । हाम्रो ध्यान कुनाकाप्चाको विद्यार्थी विद्यालय जान सकेको छैन, ठूलठूला कुरा मात्र गर्ने ?”

सांसद परियारले संविधान जारी गर्दा तीन वर्षभित्र मौलिक हक कार्यान्वयनका लागि कानुन बनाउने भनिए पनि कानुनहरु नबनेकोमा आपत्ति जनाए ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्