site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ : मन्त्री महत
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले अहिलेदेखि नै आउँदो आर्थिक वर्षको बजेटको तयारी गर्नुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत आवश्यक क्षेत्रको पहिचान गरी आउँदो वर्षको बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उनले उल्लेख गरे । उनले सामाजिक सुरक्षा र वैदेशिक ऋणको दायित्व बढिरहेको बताए ।

अर्थमन्त्री महतले स्रोतसाधन न्यून र आवश्यकता धेरै भएको भन्दै त्यसलाई चिरेर काम गर्नुपर्ने बताए ।

“सरकारले आउने बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ । त्यो गर्दा हाम्रा आवश्यकता के–के छन् ? सबैभन्दा ज्यादा जनसंख्यालाई प्रभावित गर्ने, प्रभाव पार्ने विषय के छन् ? सेक्टर के छन् ? उपसेक्टरहरु के छन् ? चाहे स्वास्थ्यको, चाहे शिक्षा, पूर्वाधार विकासको क्षेत्रमा होस्, त्यसलाई मध्यनजरमा राखेर हामीले सबैभन्दा ज्यादा प्रभाव पर्ने विषय, सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले भने, “त्यही किसिमबाट स्रोतको पहिचान गर्नुपर्छ । यसमा सरकार आफैँले मात्रै गरेर सम्भव छैन । हाम्रा सामाजिक सुरक्षाका दायित्व बढिरहेका छन्, तलबभत्ता आदि इत्यादि कम गर्न सक्ने अवस्था छैन । वैदेशिक ऋणको दायित्व पनि बढ्दै छ ।”

मन्त्री महतले थोरै स्रोतसाधनलाई प्राथमिकताका साथ कसरी खर्च गर्ने भन्ने चुनौती सरकारसँग रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro