site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसियाडमा सहभागी भएको नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किंदै छ । 

नेपाली क्रिकेट टिम आज बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

Dabur Nepal
NIC Asia

एसियाडको पुरूष क्रिकेटमा नेपाली टिमले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । तर, अन्तिम ८ को खेलमा भारतसँग २३ रनले पराजित भएपछि एसियाडमा नेपाली टिमको यात्रा समाप्त भएको हो । क्वार्टरफाइनलमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

त्यसअघि, नेपालले समूह चरणका खेलमा मंगोलियाविरुद्ध २७३ रन र माल्दिभ्सविरुद्ध १३८ रनको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro