site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी प्रदेशसभाको चौथो अधिवेशन आज
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको सिफारिसमा चौथो अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्ले असोज ११ गते अधिवेशनका लागि सिफारिस गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

२०७९ पुस १७ मा कोसी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । पछिल्लोपटक ठूलो दलको हैसियतमा सर्वोच्च अदालतको परमादेशपछि मुख्यमन्त्री बनेका एमालेका हिक्मत कार्कीले असोज २० भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । कार्की भदौ २२ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता तीनवटा अधिवेशन सकिएका छन् । पहिलो अधिवेशनमा १३, दोस्रोमा ६ वटा र तेस्रोमा पाँचवटा बैठक बसेका थिए । गत भदौ ४ गते तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि बजेट अधिवेशन अन्त्य भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय