site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिनमा नै किन टोक्छ डेंगी सार्ने लामखुट्टेले ? असोज निकै जोखिमपूर्ण 
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । तीन महिनायता डेंगी संक्रमण निरन्तर बढ्दो छ । जनवरीयता २ अक्टोबरसम्म संक्रमितको संख्या ३४ हजार ३७८ पुगेको छ । जुलाइयता मात्रै डेंगीबाट २० जनाको मृत्यु पुष्टी भइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार, जुलाईदेखि बढ्दै गएको संक्रमण त्यही महिना ६ हजार ६९ जनामा फैलिएको थियो ।  त्यस्तै अगष्टमा १३ हजार ८४६ र सेप्टेम्बरमा ११ हजार ५८० जना संक्रमित थपिएका छन् । अक्टोबरका दुई दिनमा एक हजार १०९ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ । 

ईडीसीडी निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार डेंगी सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको छ । अर्थात् असोज महिना संक्रमणका हिसाबले निकै जोखिमपूर्ण मानिएको छ । 

KFC Island Ad
NIC Asia

मनसुन लम्बिनुले पनि डेंगी फैलिन थप वातावरण बनाएको वरिष्ठ किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहाल बताउँछन् ।  केही समय पानी पर्ने र घाम लाग्ने मौसम लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त मौसम वातावरण हुने डा. दाहालको भनाइ छ । त्यसैले वर्ष जति लम्बिन्छ, त्यति नै डेंगी हट्ने सम्भावना कम हुने उनको भनाइ छ । 

किन दिनमा नै टोक्छ...?

Royal Enfield Island Ad

डेंगी ‘एडीस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातीका पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।  यो लामखुट्टे बिहान घाम उदाएको दुई घण्टासम्म र साँझ घाम अस्ताउनुभन्दा २ घण्टाअघि बढी सक्रिय हुन्छ । 

डेंगी सार्ने लामखुट्टे सक्रिय हुन यो मौसम सबैभन्दा उपयुक्त वातावरण भएको विज्ञहरु बताउँछन् ।

वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार, यो लामखुट्टेलाई प्रजनन् प्रक्रियाका लागि प्रोटिनको धेरै आवश्यकता पर्छ, प्रोटिन जम्मा पार्न एकै पटकमा यसले ४ देखि पाँच जनासम्मको रगत चुस्ने गर्छ । त्यसैले डेंगी व्यक्तिबाट व्यक्तिमा नसरेपनि एउटै संक्रमित लामखुट्टेले परीवार वा वरीपरी रहेका धेरै जनालाई टोकेमा एकैपटक संक्रमितको संख्या बढ्नसक्ने हुन्छ ।

डा. बास्तोलाका अनुसार, यो लामखुट्टे चार सय मिटर वरपरसम्म उड्न सक्छ र यो सफा पानीमा बस्दछ ।  मानिसको शरीरको गन्ध थाहा पाउने भएकाले यो लामखुट्टे  प्रायः मानिसकै आसपास रहन्छ, तर लार्भा भने सफा पानीमा पार्दछ । 

देख्नमा छिर्केमिर्के देखिने यो लामखुट्टेको लार्भा जम्मा गरेर राखिएको पानी, प्लाष्टिकमा जमेको पानी, गमलाको पानी आदिमा रहन्छ । नयाँ लार्भा पनि डेंगी सार्ने भाइरसबाट संक्रमित हुन्छ । मानिसमा सार्नसक्छ । त्यसैले डेंगी संक्रमण हुन नदिने  प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु भएको विज्ञहरु बताउँछन् ।

संक्रमण पुष्टी गर्न के के परीक्षण गर्ने ?

डेंगी संक्रमण भएमा १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, टाउको धेरै दुख्ने, बान्ता आउने, आँखाको पछाडिका भागमा दुख्ने, शरीरका विभिन्न भाग सुन्निने, रातो हुने, मांसपेशी तथा जोर्नीहरु दुख्नेजस्ता लक्षण देखिन्छन् । यद्यपि संक्रमण पुष्टी गर्न प्रयोगशाला परीक्षण नै आवश्यक हुने विज्ञहरु बताउँछन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार, डेंगी संक्रमण भए नभएको पहिचान मात्रैका लागि एनएस १, आइजीजी, आइजीएम परीक्षण गरिन्छ ।  जसले रगतमा प्रोटिन, इम्युनोग्लोबिन आदिको अवस्था बताउँछ । व्यक्तिमा डेंगी भाइरसको असर रहे वा नरहेको यही परीक्षणले पत्ता लगाउन सक्छ । 

यदि डेंगीको रिपोर्ट पोजिटिभ आएमा मात्रै सीबीसी कम्प्लिट ब्लड काउन्ट परीक्षण गराउनुपर्ने हुन्छ, जसले रातो, सेतो रगत, प्लेट्लेट्स्, हेमोग्लोबिन आदिको अवस्था बताउँछ ।

मानिसबाट मानिसमा सर्छ  ?

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगी संक्रमण मानिसबाट मानिसमा प्रत्यक्ष रुपमा सर्दैन ।  तर यदि संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले दोस्रो व्यक्तिलाई पनि टोकेमा संक्रमण सर्ने सम्भावना रहन्छ । 

डेंगीको कुनै विशेष उपचार छैन, तर अस्पतालहरुमा नियन्त्रणका उपायहरुमार्फत् डेंगीको उपचार गरिन्छ ।

सिभियर डेंगी के हो ?

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगी संक्रमण भएका ८० प्रतिशत व्यक्तिहरुमा सामान्य लक्षण देखिने तथा लक्षण नै नदेखिने हुन्छ ।  बाँकी २० प्रतिशतमध्ये पनि १ प्रतिशत संक्रमितलाई मात्रै कडा लक्षण देखिन्छ, जसलाई सिभियर डेंगी भनिन्छ । 

सामान्यतः उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटसम्म) आउनु, टाउको तथा आँखाको पछाडिका भाग धेरै दुख्नु, शरीरका विभिन्न भागहरु असह्य हुनेगरी दुख्नु, बान्ता आउनु, ग्रन्थीहरु सुन्निनु डेंगीका लक्षण हुन् । 

यस्ता लक्षण भएका संक्रमित साधारणतया ७ दिनभित्र निको हुन्छन् । तर सिभियर डेंगी संक्रमितको तत्काल उपचार नभए मृत्यु समेत हुन सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro