site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ समितिमा सांसद छिरिङले ‘म यो समितिमा बस्दिनँ’ भनेपछि...
SkywellSkywell

काठमाडौं । अर्थ समितिको मंगलबारको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्यनसम्बन्धी छलफल भयो ।

कार्यसूचीमा अर्थमन्त्री, अर्थसचिव र राजस्व सचिव उपस्थिति हुने भनिएको थियो । यसका साथै कार्यसूचीमा आन्तरिक छलफलमा १६औँ पञ्चवर्षीय योजना, मौद्रिक नीति र नयाँ स्टक एक्सचेन्जको विषयमा पनि छलफल गरिने कार्यतालिका थियो ।

तर, अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख तथा सहसचिव बाबुराम सुवेदीले अर्थतन्त्रको हालको अवस्थाको बारेमा प्रस्तुतीकरणमा बढी समय खर्चिएका थिए ।
त्यसपछि अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपालको अर्थतन्त्र लयमा नभएको भन्दै यसको बारेमा अर्थसचिव डा. कृष्णहरि पुस्करलाई स्पष्ट पार्न समय दिए ।

Dabur Nepal
NIC Asia

सभापति चालिसेले भने, “मुलुकले आर्थिक लय लिन सकेको छैन । अहिले बजार चलायमान छैन । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको तालमेल मिलेको छैन भन्ने पनि छ । राष्ट्र बैंकले खेल्नुपर्ने भूमिका पनि प्रभावकारी छैन । त्यो देखिएको पनि छ । बजारमा क्रयशक्ति घट्दो छ । सरकारी गाडीहरू बिग्रिने बित्तिकै थन्क्याइन्छ । यसको विषयमा के हुँदै छ ?”

त्यसपछि समय पाएका अर्थसचिव पुस्करले अहिले अर्थ मन्त्रालयले बनाउनुपर्ने विधेयक बनाएर प्रधानमन्त्री कार्यालय पठाएको बताए । भन्सारमा भएका सामान र गाडीलाई लिलामी गर्ने प्रक्रिया सुरू भएको पनि बताए ।

“माननीय सभापतिले भनेजस्तै पुराना गाडीहरू लिलामी नभएको सम्बन्धमा कर्मचारी तथा पदाधिकारीहरूलाई दिने सरकारी गाडी र सुविधाहरूको विषयमा कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पठाएको अवस्था छ,” उनले भने, “विभिन्न सरकारी र भन्सार कार्यालयमा भने गाडीहरू लिलामको प्रक्रियामा जाने हिसाबले धेरै भन्सार विन्दुहरूमा अगाडी बढेको छ । कतिपयको सार्वजनिक सूचना पनि निकालिसकेका छन् ।”

अर्थसँग सम्बन्धित कतिपय नीतिगत व्यवस्था परिवर्तन गर्नुपर्ने अवस्था रहेको पनि सचिव पुस्करले बताए । त्यसलाई पनि संसदमा लगिएको उनले बताए ।

त्यसपछि समय पाएका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले राजस्व संकलनको अवस्था सन्तोषजनक नभएको बताए । अहिलेको राजस्व संकलन नीतिलाई परिवर्तन गर्न सकिएन भने भविष्यमा ठूलो समस्या आउन सक्ने उनले बताए ।

“अहिलेको परम्परागत राजस्व संकलन नीतिको बारेमा बेलैमा सोच्नुपर्छ । यो नीतिले राजस्व संकलनको लक्ष्य भेट्न मुस्किल छ,” राजस्व सचिव घिमिरेले भने, “अब पनि नयाँ हिसाबले सोचेनौँ भने हामीले लक्ष्य भेट्न सम्भव छैन । ट्याक्स छुटले गर्दा पनि समस्या पर्नेवाला छ । यसमा पनि सोच्ने बेला आएको छ ।”

अहिले केही समस्या भएकाले त्यसलाई समाधान गर्न सबै लागि पर्नुपर्ने सचिव घिमिरेको भनाइ छ ।

घिमिरेले राजस्वको अवस्थाका बारेमा बताएपछि सभापति चालिसेले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समय दिएका थिए । पौडेलले अर्थ समितिमा अर्थमन्त्री प्रकाशशरण महत नआएकोमा आपत्ति जनाएका थिए । अर्थमन्त्री यस्तो समयमा भाग्न नहुने उनले बताए ।

“अर्थतन्त्र मन्दीमा छ । मन्त्रालयले नस्वीकारे पनि बजेट बनाउँदा मन्दीमै थियो नेपालको अर्थतन्त्र । तर अहिले कुन लेबलमा मन्दी छ भनेर अर्थमन्त्रीले जवाफ दिनुपर्छ,” पौडेलले भने, “अब अर्थतन्त्रको विषयमा समितिमा बृहत् बहस चलाउनु पर्छ । अर्थमन्त्रीलाई पनि अनिवार्य बोलाउनुपर्छ । यो पाराले देशको अर्थतन्त्र सुधार हुँदैन ।”

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले व्यक्तिको टकारावले राज्यको आर्थिक नीति नै बन्दक बन्न नहुने बताए । मौद्रिक नीति र वित्त नीतिको तालमेल मिल्नु पर्ने उनको भनाइ छ ।

“यो वित्तीय र मौद्रिक नीतिबीच समन्वय नभएको भन्ने गुनासो चाहिँ लामो समयदेखि चलिआएको छ । व्यक्तित्वको टकारावले राज्यको आर्थिक नीति नै बन्दक बन्न हुँदैन,” उनले भने ।

त्यसपछि समय पाएका रास्वपाका अर्का सांसद विराजभक्त श्रेष्ठले पनि व्यवसायीलाई दुःख दिने नीतिले व्यावसायिक वातावरण अझै नभएको बताए । उनले भन्सारका कर्मचारीले व्यवसायीलाई अधिक समस्यामा पर्ने गरेको बताए ।

“एकजना भाइले चाइनाबाट सामान ल्याउँदा सामानको भन्दा बढी फाइन तिर्नुपर्ने अवस्था सृजना भयो । तर, पछि एजेण्डसँग कुरा गर्दा समाधान भयो । यो के सिस्टम हो ? यसको सुधार त हुनुपर्छ,” उनले भने, “राज्यले जनतालाई आवश्यकता अनुसारको व्यवस्था गर्न सकेको छैन । यो प्रणालीको कमजोरी हो । हामीबाट जनताले ठूलो अपेक्षा गरेका छैनन् । उनीहरूलाई सामान्य कुराको व्यवस्था गरिदिए पुग्छ । तर, हामीले त्यही गर्न सकेका छौनौँ ।”

नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले पनि भन्सार सुधार गर्नुपर्ने बताइन् । त्यहाँका कर्मचारीले गर्ने व्यवहारले व्यवसायी हैरान भएको उनको भनाइ थियो ।

त्यसपछि सभापति चालिसेले प्रतिनिधिसभाको बैठक आफ्नै भएको भन्दै यो बैठक सक्नुपर्ने बताए र अर्काे बैठक पुनः बस्ने भने । तर, अन्तिममा नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा (भोटे)ले समय मागेका थिए ।

उनले भने, “आज हामी विषयमा प्रवेश नै भएनौं । यहाँ नयाँ स्टक एकसचेन्जको विषयमा कुरा गर्ने भनिएको छ । त्यस्तै समितिमा १५ वटा उजुरी परेका छन् भन्ने जानकारी आएको छ । त्यसमा पनि केही छलफल नै भएन । समितिमा उजुरी पर्ने हामीले छलफलै नगर्ने, विषयमा नै प्रवेश नगरी म चाहिँ हाजिर गर्दिन,” उनले भने, “नयाँ स्टकको विषयमा धेरै कुरा उठेका छन् । करोडौँ करोड भ्रष्टाचार भएको छ भन्ने पनि अएको छ । यसले हामीमाथि पनि प्रश्न उठाएको छ । कार्यसूचीमा नै प्रवेश नगरी कसरी हाजिर गर्नु ? यस्तै हो भने म यो समितिमा बस्दिनँ ।”

त्यसपछि उनले हाजिर नगरेपछि सभापति चालिसेले भने, “छिरिङ जी यहाँ आउनुस्, कहाँ बस्दिनँ भन्नु भएको छलफल हुन्छ । अर्को बैठक लगतै बस्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu