site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुनमन्त्री गुरुङप्रति ओलीको कटाक्ष : पितृले मत खसाएर जिताएको व्यक्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीले काुननमन्त्री धनराज गुरुङलाई मरेका मान्छेहरुबाट भोट हाल्न लगाएर, बुथ कब्जा गरेर चुनाव जितेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका उनले कानुनमन्त्री गुरुङमाथि धाँधली गरेर चुनाव जितेको आरोप लगाए । “चुनाव कसरी भयो मैले भन्नुपर्दैन । कसरी लामो समय लगाएर कानुनमन्त्री यसरी छानियो, यो मन्त्री नियुक्तिमा किन ढिलाइ भएको रहेछ, छनोटमा किन सकस परेको रहेछ भनेको योग्यता पुगेको माछे खोज्नुपर्यो,” उनले भने ।

Dabur Nepal
NIC Asia

९९ प्रतिशत मत कहीँ कतै नखस्ने भन्दै निर्वाचन अधिकृतले नै ज्यान मार्ने धम्की दिएर त्यतिधेरै मत खसेको जिकिर गरे ।

“बुथ कब्जा ९९ प्रतिशतसम्म मत खसेर जित्नका लागि । ९९ प्रतिशत मत खस्छ कहीँ ? १० प्रतिशत मतादाता खाडीमा छन्, यहाँ ९९ प्रतिशत मत खस्यो । केही मान्छे माथि गए, ती पनि मत खसाउन आए, पितृले पनि मत खसाले,” उनले भने, “मृत्यु दर्ता समेत भएका मतदाताको मत खसेको, विदेशमा भएकाहरुको पनि मत खाएको छ । कब्जा, ज्यान मार्ने धम्की दिएका छन् । अनि कसरी भयो निष्पक्ष निर्वाचन ?”

फरक प्रसंगमा उनले न्यायपालिकाप्रति जनताको विश्वास तथा भरोसा भएको र हुनुपर्ने भन्दै ६ महिनासम्म महाअभियोग छिनोफानो नगराएर गठबन्धन सरकारले न्यायपालिकाको गरिमा घटाएको जिकिर गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro