site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी राष्ट्रपतिको दौडमा भारतीय मूलका ३८ वर्षीय र्‍यापर विवेक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय मूलका विवेक रामास्वामी अमेरिकामा रिपब्लिकन पार्टीबाट सन् २०२४ को राष्ट्रपति पदको उमेदवार बन्ने दौडमा छन् ।

३८ वर्षीय युवा करोडपती रामास्वामीका आमाबुवा दक्षिणी भारतबाट अमेरिका गएका थिए ।

सन् १९९५ को अगस्ट ९ मा उनी अमेरिकाको ओहायोमा जन्मेका थिए । हिन्दु परिवारमा जन्मे, हुर्केका रामास्वामीले पढाइ भने क्याथोलिक माध्यमिक विद्यालयमा गरेका थिए ।

उनले हार्बर्ड विश्वविद्यालयबाट जिवविज्ञानको अध्ययन गरेका थिए । त्यसपछि येल ल स्कूलमा पढाइ गरेका थिए ।

‘हेज फन्ड इन्भेस्टर’समेत रहेका रामास्वामीले येल विश्वविद्यालयबाट स्नातक सक्नुअघि नै लाखौं डलर कमाइसकेको बताएका छन् ।

उनले सन् २०१४ मा आफ्नै बायोटेक कम्पनी रोइभान्ट साइन्सेसको स्थापना गरेका थिए । 

यसले ठूला कम्पनीहरूबाट पूर्णरूपमा विकास नभइसकेका र बजारीकरण नगरिएका औषधिहरूको प्याटेन्ट खरिद गरेको थियो ।

सन् २०२१ मा उनले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका थिए ।

यसै वर्ष फोब्र्सले उनको कुल सम्पत्ती ६३ करोड अमेरिकी डलर रहेको आंकलन गरेको थियो ।

स्वतन्त्रतावादी र र्‍यापर
रामास्वामीले आफू कलेजमा हुँदा स्वतन्त्रतावादी रहेको बताएका छन् । हार्बर्डमा हुँदा उनले यसकै पक्षमा र्‍याप गीतहरू गाउने गरेका थिए । 

अहिले उनले आफ्नो चुनावी अभियानका क्रममा पनि र्‍याप गीत सुनाएका छन् ।

उनले सन् २००४ मा स्वतन्त्र उमेदवारका लागि मतदान गरेको र सन् २००८, २०१२ र २०१६ मा मतदान नै नगरेको बताएका छन् ।

उनले रिपब्लिकन र डेमोक्रेट दुवै पार्टीका उमेदवारका लागि योगदान गरेको र सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि मतदान गरेको बताएका छन् ।

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उमेदवार
पछिल्ला वर्षहरूमा रामास्वामी कट्टर कन्जरभेटिभ बनेका छन् । सन् २०२१ मा उनले आफ्नो बेस्टसेलर पुस्तक ‘वोक ईंक’मा सामाजिक न्याय र जलवायु परिवर्तनको विषयमा ठूला कम्पनीहरूको निर्णयको आलोचना गरेका छन् । 

पछिल्लो समय उनी कन्जरभेटिभहरूबीच दक्षिणपन्थीका रूपमा उदाएका छन् ।

रामास्वामीले गत फेब्रुअरीमा आफ्नो उमेदवारी घोषणा गरेका थिए ।

विभिन्न सर्वेक्षणमा अझै पनि कम समर्थन पाइरहेका रामास्वामीले  फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसललाई विस्तारै चुनौती दिएका छन् ।

गत महिनाको पहिलो बहसमा उनले ट्रम्पका भन्दा पनि कडा विषयहरू उठाएपछि उनले समर्थन र आलोचना झनै पाएका छन् ।

पार्टीभित्रबाट बलियो समर्थन जुटाउन उनी ट्रम्पका समर्थक बनेका छन् ।
 
आफू हिन्दु भए पनि उनले अमेरिका क्रिश्चियन मूल्य मान्यता र जुडयो क्रिश्चियन मूल्य मान्यतामा आधारित भएको भन्दै आफूलाई राष्ट्रवादी देखाउँदै आएका छन् ।

रामास्वामीले अघि सारेका एजेन्डाहरू खासगरी कन्जरभेटिभ छन् । 

उनले बलात्कार र आमाको स्वास्थ्य जोखिम भएबाहेक ६ हप्तापछिको गर्भपतनमाथिको राज्यस्तरीय प्रतिबन्धको समर्थन गरेका छन् ।

रामास्वामीले राष्ट्रपतिको शक्तिलाई थप विस्तार गर्न चाहेका छन् ।

अर्कातिर एफबीआई, शिक्षा विभाग र आन्तरिक राजस्व सेवा कर संकलनसहित संघीय सरकारका विभिन्न निकाय ध्वस्त गर्न चाहेका छन् ।

उनले युक्रेनका लागि नेटो सदस्यताको विरोध गरेका छन् । 

युद्ध रोक्न रुसले पहिलै कब्जा गरिसकेका भाग उसलाई छोड्नुपर्ने र कीभले मस्कोसँग सहमतिमा जानुपर्ने उनको भनाइ छ ।

उनले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो खतरा मानेका छन् । 

अमेरिकामा सन् २०२४ को राष्ट्रपति पदको चुनावमा रिपब्लिकन पार्टीबाट ९ जना उमेदावरको दौडमा छन् ।

रामास्वामीसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, फ्लोरिडाका गभर्नर रोन डसेन्टिस, दक्षिण क्यारोलिनाका पूर्वगभर्नर निक्की हेली र टिक स्टकलगायत छन् । 

पार्टीभित्रबाट छानिएपछि रिपब्लिकन र डेमोक्रेट पार्टीका उमेदवार राष्ट्रपति पदका लागि चुनाव लड्नेछन् । रोयटर्सबाट 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro