site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले गण्डकी अधिवेशनका लागि २१ वटा होटल बुक, ९०७ प्रतिनिधिले भाग लिँदै
Sarbottam CementSarbottam Cement

पोखरा । नेकपा (एमाले)को गण्डकी प्रदेश अधिवेशनको अन्तिम तयारी सकिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमाले गण्डकीले सोमबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्धाटन गर्ने जानकारी दिएको छ ।

एमालेले गण्डकीमा असोज ९ गते प्रतिनिधि टुंग्याएको थियो । प्रदेशका ८५ पालिकामध्ये ८४ पालिकामा सर्वसम्मतरूपमा प्रतिनिधि छनोट भएका थिए । तर, कास्कीको रूपा गाउँपालिकामा खुला प्रतिनिधिमा भने मतदानबाट प्रतिनिधि छनोट गर्नुपरेको थियो ।

अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकीमा ११ जिल्ला भए पनि चार जिल्लाले ५० प्रतिशतभन्दा बढी मत होल्ड गर्छन् । प्रदेश राजधानी रहेको कास्कीमा सबैभन्दा धेरै १४६ प्रतिनिधि छन् । स्याङ्जाबाट ११३ प्रतिनिधि आउँदा प्रदेशको सबैभन्दा सानो जिल्ला पर्वतबाट ११० र कान्छो जिल्ला नवलपुरबाट १०९ प्रतिनिधि छनोट भएका छन् ।

यी चार जिल्लाका प्रतिनिधिको संख्या जोड्दा ४७८ हुन्छ । यो संख्या कुल मतदाता संख्याको झन्डै ५३ प्रतिशत मत हो ।

Global Ime bank

अर्थात्, चार जिल्लाका प्रतिनिधिको मत मात्र पाउन सके उमेदवारले निर्वाचन जित्न सक्छन् । गणितीयरूपमा बहुमत देखिए पनि एमालेभित्रको गुटीय राजनीतिका कारण प्रतिनिधि पनि सोही अनुसार छानिएका छन् ।

बाँकी जिल्लामध्ये गोरखाबाट ५३, बाग्लुङबाट ७२, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५ प्रतिनिधि छनोट भएका छन् । मनाङबाट १४ जना प्रतिनिधि छानिँदा म्याग्दीबाट ४२ जना र एमालेको जनसंगठनबाट ८६ प्रतिनिधि छनोट भएका छन् ।

एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमितिका संयोजक रश्मि आचार्यका अनुसार कुल प्रतिनिधिमध्ये खुला महिलाबाट १९३, खुला ३९०, दलित ११५, दलित महिला ५४, मजदुर संगठनबाट १६ प्रतिनिधिले अधिवेशनमा भाग लिँदै छन् ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्‍याली हुने छ ।

गुट छैन भन्छन्, तर कसैले पत्याउँदैनन् !

पत्रकार सम्मेलनमा नै एमाले सचिव एवम् प्रदेश इन्चार्ज गोकर्ण विष्टले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई देखाएर पार्टीमा गुट नभएको बताए । 'पार्टीभित्र गुट छ' भन्नेलाई उनले 'दोषी चस्मा' रहेको टिप्पणी गरे ।

UML-GAndaki-a-1696172749.jpg

विष्टले भने, “चस्मा कस्तो लगाइएको छ, त्यसमा भर पर्छ । दोषी चस्मा मैले उहाँहरूसँग घन्टौँ छलफल गरेको छु । मिलेर जान सकिन्छ भन्ने नै उहाँहरूको कुरा छ ।”

उनले यसो भनिरहँदा पृथ्वीसुब्बा बायाँ र खगराज दायाँतर्फ बसेका थिए ।

तर, एमालेमा प्रतिनिधि बनेकादेखि नबनेका सबैलाई थाहा छ– गण्डकीमा गुरुङ र अधिकारीको गुट छ, शक्तिसंघर्ष छ, टकराव छ ।

गुटबन्दीको बारेमा यी दुवैलाई गरेको प्रश्नमा चाहिँ विष्ट आफूले जवाफ दिइसकेको बताए ।

गुरुङ र अधिकारीबीच शक्तिको लडाइँ गण्डकीको एमालेमा देखिन्छ । पूर्वमुख्यमन्त्री गुरुङ अहिले संघीय सांसद हुन् । पूर्वगृहमन्त्री अधिकारी अहिले गण्डकीको एमाले संसदीय दलका नेता हुन् ।

कास्कीका अधिकारी र लमजुङका गुरुङबीचको शक्ति संघर्ष पालिकासम्मै पुगेको एमालेको दुई वर्ष अगाडि सम्पन्न पोखरा महानगर कमिटीको अधिवेशनबाट पनि प्रस्ट हुन्छ । मुख्यमन्त्रीको रूपमा कास्कीमा रहँदा गुरुङले आफ्नो प्रभाव सबै जिल्लामा फैलाउन खोजे । गण्डकीका अन्य जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्दा कास्कीमा भने अधिकारी र गुरुङले प्यानल नै बनाएर उमेदवारलाई चुनावमा खडा गरे । गुरुङ निकट मनबहादुर गुरुङ विजयी पनि बने ।

एमालेमा सर्वसम्मतिको चर्को नारा लागिरहेको त्यो समयमा पनि कास्कीमा मतदान हुँदा आसन्न प्रदेश अधिवेशनमा पनि यी दुई समूह सक्रियरूपमा लाग्ने प्रस्टै देखिएको छ । एमाले प्रदेशका बहालवाला पदाधिकारी पनि समूह बनिसकेको स्वीकार गर्छन् ।

गण्डकीबाट एमाले पदाधिकारीमा स्याङ्जाकी पद्या अर्याल सचिव छन् । उनी पनि प्रदेशको गुटमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट छन् ।

गण्डकी एमालेमा देखिएको अधिकारी भर्सेस गुरुङ समूहको चर्को गुटका बीच प्रदेश अधिवेशनमा केन्द्रीय गुट पनि देखिने भएको छ । निकटस्थका अनुसार उपमहासचिव गुरुङ उपाध्यक्ष पौडेल समूह निकट छन् भने अधिकारी महासचिव पोखरेलतिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय