site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगनको प्रस्ताव– कांग्रेसका मन्त्री फिर्ता बोलाऔँ, अढाई वर्षपछि एक्लै सरकार चलाऔँ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन् ।

आइतबार काठमाडौंमा आयोजित १४औँ महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा उनले समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहालपछि माधवकुमार नेपालले गर्ने सहमति भएको खुलासा गरे । 

त्यसकारण दुई वर्षपछि कांग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रिपरिषद्बाट कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताए । उनले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल कांग्रेसले मात्रै सरकार चलाउने सहमति निकाल्नुपर्ने बताए ।

उनले सरकारलाई तलबाट साथ दिने तर असहमतिमा असहमति जनाउन सक्नुपर्ने बताए ।

"यो दुई, अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ । पहिला प्रचण्डजी प्रधानमन्त्री बन्ने, त्यसपछि माधव नेपाल बन्ने भन्ने छ । उहाँहरूको एउटै समाजवादी मोर्चा छ, पार्टीलाई पनि एउटै बनाउने भन्ने छ । मलाई लाग्छ, यो कांग्रेसको मन्त्रीहरू सबै फिर्ता बोलाऔँ । यो दुई अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔँ । हामी समर्थन गरौँ । ...त्यसपछिको दुई, अढाई वर्ष कांग्रेसले चलाउनुपर्छ । एक्लै चलाउनुपर्छ, त्यसमा जस भए पनि र अपजस भएपनि त्यो बेला कांग्रेसले लिन्छ," उनले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro