site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजार ३३ अंकले घट्यो, सबै समूह राताम्य

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ३३.२० अंकले घटेको छ । गत कारोबार दिन बुधबार १८ अंकले घटेको बजार आइतबार पनि उच्च अंकले घटेको हो । आज नेप्से १.६५ प्रतिशतले घटेर १९७१.२० विन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यस समूहको परिसूचक ३.३२ प्रतिशतले घटेको छ । बुधबार पनि यस समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको थियो ।

नेप्से घटे पनि कारोबार रकममा भने केही सुधार भएको छ । आज एक अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ । गत बुधबार एक अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

सयपत्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ४२९ रुपैयाँ कामय भएको छ ।

आज एक म्युचुअल फन्ड समूहको मूल्य १० प्रतिशतले घटेको छ ।

सर्वाधिक सेयर कारोबार हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीको १४ करोड ७३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका २८४ धितोपत्रको ६७ लाख २३ हजार ४०० कित्ता खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro