site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाका सांसदले गरे प्रतिनिधिसभा बैठक केही बेर अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रतिनिधिसभा बैठक केही बेर अवरुद्ध गरेका छन् । आइतबारको बैठकको सुरुमा सो पार्टीका सांसदहरूले आसनबाट उठेर विरोध गरेका हुन् । 

बैठक सञ्चालनका निम्ति सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरूलाई आग्रह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन भएकाले बैठक अवरुद्ध नगर्न उनले आग्रह गरे ।

तर, रास्वपाका सांसदहरू नमानेपछि उनले सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्न समय दिए । लामिछानेले चीन भ्रमणबाट ‘मुड फ्रेस’ गरेर आएका प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको ‘मुड अफ’ हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro