site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले कर्णाली प्रदेश अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा
Sarbottam CementSarbottam Cement

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएका थिए । दुईजनाले उमेदवारी फिर्ता लिएका छन् । कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उमेदवारी फिर्ता लिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएका छन् ।

प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने प्रयास गरेको एमालेले अन्ततः निर्वाचन प्रक्रियाबाटै टुंगो लगाउने भएको हो । प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए । तर, नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहले जानकारी दिए ।

Global Ime bank

मतदान आजै सुरु हुनेछ । एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गर्नेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement