साहित्य
सुनिता गाइसी
साउने भेल बढेर हेर
भरिए किनारा
माइतीको आँगन सुनसान बन्दै
हुँदै छ बिरानो ।
सानामा गट्टा खेलेको आँगन
आज भो उजाड
प्रकृतिको प्रकोप हेर
चौतर्फी बढदो, गर न विचार ।
सुनाखरी फुलेझैँ सुन्दर
त्यो प्यारो गाउँ मेरो
पन्छीझैँ उडी एक सासमा
पुग्ने रहर अपूरो ।
माइतीको आँगन अति नै प्यारो
छोरी र चेलीलाई
तिज र तिहार रमाइलो गरी
मनाउने कहिलेलाई ।
(भक्तपुर)
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० १२:००
प्रतिक्रिया दिनुहोस्