site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै
प्रतिकात्मक तस्बिर
SkywellSkywell

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन्  । तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् ।  

अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन गरेका छन् । नेवारी भाषामा ‘सा’ र नेपाली भाषामा ‘कोल’ को नामले चिनिने परम्परागत उपकरण अहिले खोकनामा देखिँदैनन् । नयाँ प्रविधिबाट व्यवसायीले तेल उत्पादनलाई वृद्धि गरेका छन् । परम्परागत कोलमा मिहिनेत धेरै चाहिने र जनशक्ति पनि अलि बढी चाहिने भएकाले परम्परागत कोल प्रयोगमा नआएको व्यवसायी बताउँछन् ।
     
हाल खोकनामा सामुदायिक रुपमा सञ्चालित गाबु ज्या : सा सामुदायिक तेल मिल, न्हबु सामुदायिक तेल मिल, खअधोकासी सामुदायिक तेल मिल र न्हु सामुदायिक तेल मिल छन् । अहिले गाबु ज्या : सा सामुदायिक तेल मिल मात्र सञ्चालनमा छ । 

KFC Island Ad
NIC Asia

गाबु ज्या : सामुदायिक मिल हजुरबुबाको परम्पारादेखि सञ्चालनमा रहेको यसका सञ्चालक कान्छा महर्जन बताउँछन् । उनले भने, 
“मेरो बाल्य अवस्थामा यो मिल २४सैँ घण्टा सञ्चालन हुन्थ्यो । कारणवस यो कोल विसं २०४० देखि बन्द अवस्थामा रहेको थियो । ऐतिहासिक रुपमा रहेको उक्त कोललाई मर्मत गरेर विसं २०६९ मा जिम्मा लिएर सञ्चालन गरेको छु ।”

हाल खोकनामा अन्य विद्युतीय मिल धेरै भए पनि ऐतिहासिक रुपमा रहेको परम्परागत मिल एउटा मात्र सञ्चालनमा छ । मौलिकतालाई बचाउनको लागि ललितपुर महनगरपालिकाको आर्थिक सहयोगमा चार सामुदायिक तोरी पेल्ने मिल भवन निर्माण गरेको छ ।  उनका अनुसार दुई भवन निर्माण भइसकेको तर दुई निर्माण हुने तयारीमा छ । 

नयाँ निर्माण भएका भवनमा मौलिकतालाई कायम राखी व्यवसायलाई थप वृद्धि गर्ने लक्ष्य राखिएको छ । खोकनाको तेल मिसावटरहित हुन्छ भन्ने विश्वास रही आएको  छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro