देश
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरापुलनजिकै बराहक्षेत्र जाने सडकखण्डबाट सशस्त्र प्रहरीले १२० केजीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, सुनसरीको देवनागञ्ज गाउँपालिका–५ का ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साहलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई बीआर ०२ आर ९९९४ नम्बरको भारतीय गाडीमा राखी भारततर्फ लैजाँदै गरेको गाँजासहित नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीका अनुसार प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकलले गाँजा बोकेको गाडीलाई स्कर्टिङ गरिरहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० २२:४२
प्रतिक्रिया दिनुहोस्