site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले वाग्मती प्रदेश अधिवेशन : एक घण्टामा सय मत खस्यो

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनअन्तर्गत सुरु भएको मतदानमा एक घण्टामा सय मत खसेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार एक घण्टामा सय मत खसेको हो । 

दिउँसो १ः३१ मा मतदान सुरु भएको थियो । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान जारी छ । 

अधिवेशनमा अध्यक्ष ओलीसहितले गरेको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान सुरु भएको हो । वाग्मती प्रदेशमा कैलाश ढुंगेल र देवेन्द्र दाहाल अध्यक्षका प्रत्यासी बनेका छन् । 

सुरुमा अध्यक्षका प्रत्यासीद्वयले मतदान गरेका थिए । मतदान गर्न एकजनालाई १५ मिनेट समय लाग्ने नेताहरूले बताएका छन् । मतदान गर्न दाहाललाई १२ र ढुंगेललाई १५ मिनेट लागेको थियो । 

एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ । मतदानका लागि प्रतिनिधिहरू कुपन लिएर लाइनमा बसेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro