site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महोत्तरीमा पेस्तोलसहित एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलविन्द्र महतो रहेका छन् । उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पेस्तोलसहित सोही पेस्तोलमा लाग्ने गोली एक राउण्ड, किल्ला उक्काउने रड दुई थान र पेचकस एक थान बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेको जनाइएको छ । 

साथै बीआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाइएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro