
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उनले संघीय सरकार नै संघीयताविरोधी रहेको आरोप लगाएका छन् । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
मुख्यमन्त्री यादवले संघीयताविरोधीहरु सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेका बताए । मधेस प्रदेशमा सामाजिक सद्भाव बिगार्ने क्रियाकलापमा संघीयताविरोधीहरु सक्रिय रहेका बताए ।
सामाजिक सद्भाव बिगार्नेहरु र संघीयताविरोधीहरुबाट सचेत हुनु आवश्यक रहेको भन्दै उनले संसारको कुनै पनि शक्ति संघीयताको विरोधमा लागे पनि संघीयतालाई खारेज गर्न नसक्ने बताए ।
प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरुलाई कारबाही गर्न नसकेको उनले गुनासो गरे । संघ सरकारले त्यस्ता गतिविधि गर्नेहरुलाई कारबाही नगर्दा उनीहरुको मनोबल उच्च भइरहेको उनको भनाइ छ ।