site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभामुख राना र बंगलादेशका अन्तरिम सरकारका प्रमुखबीच भेटवार्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मुहम्मद युनुससँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

बंगलादेशको राजधानी ढाकास्थित युनुसको कार्यालयमा सोमबार दिउँसो भेटवार्ता भएको हो । “भेटमा व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, पर्यटन र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहयोगलगायत पारस्परिक हितका विषयमा छलफल भयो,” ढाकास्थित नेपाली दूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

उपसभामुख रानाले नेपाल र बंगलादेशबीच बढ्दो सहयोगप्रति सन्तुष्टि व्यक्त गर्दै हालै ऊर्जा क्षेत्रमा भएका प्रगतिको प्रशंसा गरेकी थिइन् ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुसले बंगलादेश र सम्पूर्ण उप–क्षेत्रको बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न र शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न नेपालको जलविद्युत्को उपयोग र महत्त्वमा जोड दिएका थिए ।

उनले व्यापार, कनेक्टिभिटी, स्वास्थ्य सेवा र पर्यटन क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै आर्थिक सहयोग बढाउन ठोस प्रयासहरूको लागि पनि अनुरोध गरेका थिए ।

दुई नेताहरूले नेपाल र बंगलादेशले सामना गरिरहेका समान विकास चुनौतीहरूको बारेमा पनि छलफल गरेका थिए ।

भेटमा उपसभामुखका साथ बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र नियोग उपप्रमुख ललिता सिलवाल पनि उपस्थित थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro