site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीले ‘समाजवादी जागरण’ अभियान गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । आउँदो असोज १४ देखि २९ गतेसम्म अभियान गर्ने भएको हो । 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिब एक हजार किलोमिटर यात्रा हुने बताइएको छ । 

यस बीचमा विभिन्न जिल्लाहरूमा पार्टीका विभिन्न तहका कमिटीहरूसँग छलफल गर्दै र जनताको कुरा सुन्दै जाने पार्टीका महासचिव घनश्याम भुसालले बताए । 

Global Ime bank

उनले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिए ।

त्यस्तै, आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै त्यसअघि जनताको सुझाव संकलनका रूपमा पनि यो अभियान रहेको उनले उल्लेख गरे । 

अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने अध्यक्ष माधवकुमार नेपालले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !