site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले वाग्मती प्रदेश अधिवेशन : नेतृत्वका लागि ढुंगेल र दाहालले उमेदवारी दिँदै

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ । 

आज बिहान अध्यक्ष मण्डलले सहमतिको प्रयास  गरेको थियो । अध्यक्षका प्रवल दावेदारद्वय केन्द्रीय सदस्य कैलाश ढुंगेल र कृष्ण दाहाललाई अध्यक्ष मण्डलले सहमति गर्न आग्रह गरेको थियो । 

जवाफमा उनीहरूले भनेका छन्– मतदानमै जानु परे पनि  स्वस्थ तरिकाले उठ्छौं । सहमति गरे पनि गर्छौं तर हामीलाई छाडिदिनुस् । 

उनीहरू दुवैले अहिले उमेदवारी दिने बताएका छन् ।  

यसैबीच, जारी अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । मतदाता नामावली प्रकाशन भएको छ । एक हजार १६५ जनाको प्रारम्भीक नाम टाँसिएको छ ।

अन्तिम नामावली पनि आजै प्रकाशित हुनेछ । आजै उमेदवारी दर्ताको कार्यक्रम छ । अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

बिहीबार (भोलि) बिहान ११ बजे मतदान हुने तय भएको छ । 

जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro