site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पुष्पा र अञ्जलीलाई आज कोसी टप्पु पठाइँदै

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुईवटा ‘टुहुरा’ गैँडा पुष्पा र अञ्जलीलाई कोसी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ ।  उक्त दुई गैँडालाई आज कोसी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले बताए । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैडा कोसी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको हो । कोसीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो ।

Dabur Nepal
NIC Asia

विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा कोसीमा गैडाको उपयुक्त वातावरण निर्माणका साथै सुरक्षा प्रवन्ध मिलाएर लान भनिएको ढकालले बताए । 

कोसी टप्पु वन्यजन्तु आरक्षमा गैँडा छैनन् । चितवनबाट लगिएका गैँडालाई खुला खोरमा केही समय राखेपछि त्यहाँको वातावरणमा घुलमिल भएपछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ ।

कोसीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुईवटा गैँडा कोसी पठाउन लागिएको बताए । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएको अवस्थामा अन्दाजी दुई र एक महिनाका थिए । अहिले पुष्पा चार वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन् । 

गैँडा पठाउनका लागि सबै तयारी भइसकेको निकुञ्जका सूचना अधिकारी समेत रहेका गणेशप्रसाद तिवारीले बताए । पछिल्लो गणनाअनुसार चितवनमा ६९४ गैँडा रहेको तथ्यांक छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro