site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजमा अराजकता बढ्दै गयो : उपाध्यक्ष शाक्य
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समाजमा अराजकता र अनैतिकता बढ्दै गएको बताएकी छन् ।

मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले समाजमा अराजकता र अनैतिकता बढीरहेको बेलामा र मानव सेवा कमजोर बन्दै गएको बेलामा जनसेवामा समर्पित हुँदै जानुपर्ने आवश्यकता रहेको बताइन् ।

Argakhachi Cement Island Ad

मानव स्वास्थ्यको लागि आफ्नो जीवन समर्पण गर्नु अहिलेको आवश्यकता भएको उनले बताइन् । उनले क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि सकारात्मक नरहेको बताइन् ।

“मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रुपमा समर्पण गर्नु अहिलेको आवश्यकता छ,” उनले भनिन्, “अहिले समाज अलिकति अराजकता, अनैतिक हुँदै गएको बेलामा मानव सेवामा कमजोर हुँदै गएको बेलामा त्यसरी समर्पित गर्दै जानुपर्छ ।”

उपाध्यक्ष शाक्यले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रुपमा समर्पण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरिन् ।

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्