site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन मोटरसाइकलमा आएको समूहले गरेको थियो पत्रकार धामीमाथि आक्रमण
फाइल तस्बिर ।

काठमाडौं । तीन मोटरसाइकलमा आएका समूहले रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट गरेको खुलेको छ ।

प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा २२० सीसी क्षमताको पल्सर मोटरसाइकलमा आएका शंकास्पद ६ जनाको समूह धामीमाथि कुटपिट गरेर फरार भएको देखिएको छ । सोमबार रातोपाटीको कार्यालयनजिकै उनीमाथि कुटपिट गरिएको थियो ।

कुटपिटबाट घाइते भएका धामी उपचारका लागि पुल्चोकस्थित सुमेरु अस्पताल भर्ना भएका थिए । धामीमाथि आक्रमण गर्ने समूहका एकजनालाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा प्रेम सिजापति छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका सिजापति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा आबद्ध रहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro