site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलिउड अभिनेत्री परिणितीले गरिन् विवाह 
Tiktok banner adTiktok banner ad

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले भारतीय आम आदमी पार्टीका सांसद राघव चड्ढासँग विवाह गरेकी छन् । आज उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् । 

इन्गेजमेन्टको चार महिनापछि उनीहरूको विवाह भएको हो । राजस्थानको उदयपुरस्थित होटेल लीला र ताजलेकमा विशिष्ट पाहुनाहरूको उपस्थितिमा अभिनेत्री परिणिती र सांसद राघवको विवाह भएको हो । 

विवाहमा राजनीतिज्ञका साथै बलिउडका थुप्रै कलाकारको उपस्थिति थियो । 

उनीहरूबीच पहिलो चिनजान बेलायतमा अध्ययनका क्रममा भएको थियो । परिणीतिले दि युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लन्डन स्कुल अफ इकोनोमिक्स पढेका छन् ।

सन् २०२२ मा पञ्जावी फिल्म चम्किलामा काम गरिरहेकी परिणितीलाई भेट्न राघव सेटमै पुगेपछि उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro