site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्री श्रेष्ठसहित कोसी प्रदेशस्तरीय सुरक्षा बैठक सुरु
फाइल तस्बिर ।
SkywellSkywell

विराटनगर । कोसी प्रदेशको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल गर्न विराटनगरमा बैठक सुरु भएको छ ।

बैठकमा संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृहसचिव दिनेश भट्टराई, तीनवटै सुरक्षा निकायका प्रमुखहरू, प्रदेशस्थित मन्त्रालयका सचिव, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरीका प्रदेशस्थित प्रमुखलगायत सहभागी छन् । बैठकमा पछिल्लो समय प्रदेशका ६ जिल्लामा देखिएको सुरक्षा रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

KFC Island Ad
NIC Asia

पछिल्लो समय विशेष गरी झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुरमा सामाजिक सद्भावविपरीतका क्रियाकलाप, पहिचानलगायत नाममा भइरहेका आन्दोलन र अरू राजनीतिक गतिविधिले चुनौती थपिएको सुरक्षा निकायको निष्कर्ष छ । बैठक यी विषयमै केन्द्रित हुने बताइएको छ ।

बैठकमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सांसदहरूबाट समेत सुझाव लिइने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारीहरूले ‘ब्रिफिङ’ गर्ने कार्यक्रम तय छ ।

बैठकको पहिलो सत्र सकिएपश्चात् सोमबार दिउँसो साढे १२ बजेपछि विभिन्न राजनीतिक दल र नागरिक समाजसँग समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro