प्रवास
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतार निवासी प्रविन गुरुङले उपमहासचिव पदमा उमेदवारी घोषणा गरेका छन् । गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि १२ बुँदे एजेन्डा अघि सारेका छन् ।
आगामी कार्यकालमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने, नेपालको विकास र समृद्धिका लागि सामूहिक लगानी ल्याउने, विदेशमा सिकेको सिप र पुँजीलाई स्वदेशमा लगानी गरेर रोजगारी बढाउने र सूचना प्रविधिमैत्री स्मार्ट एनआरएनए बनाउनेसहितका एजेन्डा ल्याएका छन् ।
गुरुङले एनआरएनए कतारको सदस्य, उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आईसीसीको सचिव पदमा बसेर कार्य गरिसकेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० २१:३६
प्रतिक्रिया दिनुहोस्