site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्रिकेट खेलाडीको पुरस्कार रकम अझै आएन, तर आशावादी छौँ : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन् ।

एसियाली खेलुकदमा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी रहेको उल्लेख गरे ।

उनले एसियाडका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरेको बताए । एसियाली खेलकुदलाई लिएर सबैजना उत्साही रहेको उनले सुनाए । आफूहरूको लक्ष्य मेडल जित्ने रहेको उनले बताए ।

कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता उनले जनाए । उनले यो प्रतियोगिताले ट्वान्टी–२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने बताए ।

“तयारी अहिले राम्रो भइरहेको छ । अन्तिम १५ दिनयता हामी अभ्यासमा नै व्यस्त छौँ । एसियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ । हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि जस्तो टिम भए पनि, बलियो वा कमजोर जस्तो भए पनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ । टी–२० मा जे पनि हुनसक्छ । त्यसमा सबैजना जानकार हुनुहुन्छ । टी–२० क्वालिफायरभन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ । निकै महत्त्वपूर्ण हुनेछ,” उनले भने, “वान डे गेम गत वर्षदेखि खेल्दै आएका थियौँ । अब टी–२० मा जानुपर्नेछ । हामी टी–२० का लागि रेडी छौँ । ललित (ललित राजवंशी)लाई हामीले गेममा मिस गर्नेछौँ । वान डेमा पनि उहाँको ठूलो योगदान थियो । टी–२० मा डेथ ओभर एकदमै महत्त्वपूर्ण हुन्छ । जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ । त्यसका लागि हामी मिहिनेत गरिरहेका छौँ । ग्रासरुटदेखिका गेमहरू हुनुपर्छ । सरकारले घोषणा गरेको रकम कतिपटक भनिसकेका छौँ, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ, के हुन्छ ।”

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro