site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुष्पा र अञ्जलीलाई कोसी टप्पु पठाइँदै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुईवटा ‘टुहुरा’ गैँडा पुष्पा र अञ्जलीलाई कोसी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । असोज १० गते उक्त दुई गैँडालाई कोसी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले बताए । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैडा कोसी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको हो । कोसीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो ।

विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा कोसीमा गैडाको उपयुक्त वातावरण निर्माणका साथै सुरक्षा प्रवन्ध मिलाएर लान भनिएको ढकालले बताए । 

puspa-and-anjali-1695456519.JPG

कोसी टप्पु वन्यजन्तु आरक्षमा गैँडा छैनन् । चितवनबाट लगिएका गैँडालाई खुला खोरमा केही समय राखेपछि त्यहाँको वातावरणमा घुलमिल भएपछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ ।

कोसीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुईवटा गैँडा कोसी पठाउन लागिएको बताए । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएको अवस्थामा अन्दाजी दुई र एक महिनाका थिए । अहिले पुष्पा चार वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन् । 

गैँडा पठाउनका लागि सबै तयारी भइसकेको निकुञ्जका सूचना अधिकारी समेत रहेका गणेशप्रसाद तिवारीले बताए । पछिल्लो गणनाअनुसार चितवनमा ६९४ गैँडा रहेको तथ्यांक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro