site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षा विधेयकका त्रुटि सच्याउने गगन थापाको प्रतिवद्धता
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटि रहेकाले सदनबाट सच्चाउने प्रतिवद्धता जनाएका छन् । काठमाडौंको श्री नन्दी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटिलाई संसनबाट सच्चाउने प्रतिवद्धता जनाएका हुन् । 

संसद्लाई विश्वास गरेर शिक्षकहरूले आफ्नो आन्दोलन स्थगीत गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरे । थापाले शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए । 

उनले अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधन गरेर अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राखे । थापाले अहिलेको अवस्थामा देशभरका विद्यालयमा विद्यार्थीलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे । 


 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro