site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका यी स्थानमा छ सवारी आवागमन प्रभावित
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा ट्राफिक जामका कारण सवारी आवागमन प्रभावित भएको छ । शिक्षकहरूको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएको हो । 

काठमाडौंको माइतीघर हुँदै सञ्चालन हुने सवारी साधन पूर्णरुपमा प्रभावित भएका छन् । माइतीघर मण्डला वरपर शिक्षकहरू जम्मा भएका कारण बबरमहल, सिंहदरबार र थापाथलीबाट माइतीघर चोकतर्फ जाने सवारी साधन प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले ठूला सवारी साधनलाई रिङरोडको गौशाला, तीनकुने, सिनामंगल, कलंकी, बल्खुबाट डाइभर्सन गरिएको छ । साना सवारी साधनलाई पनि हनुमानस्थान, नयाँबानेश्वर, थापाथली, भद्रकाली, पद्मोदयमोड, कृष्णपाउरोटी र घण्टाघरबाट सवारी साधनलाई डाइभर्सन गरेको छ । 

डाइभर्सनका कारण हनुमानस्थान, अनामनगर, शान्तीनगर, बुद्धनगर, तीनकुने गैह्रीगाँउ, पुरानोबानेश्वर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, नागस्थान, पुतलीसडक, कमलादीमोड, डिल्लीबजार, कृष्ण पाउरोटी, जयनेपाल, सोह्रखुट्टे, कोटेश्वर र लोकन्थली हुँदै चल्ने सवारी साधन चापमा चलिरहेका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सहज यात्राका लागि पैदलयात्री तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । यसबाहेक उपत्यकाका अन्य मुख्य चोकहरूमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिन पर्ने ट्राफिक प्रहरीले बताएको छ । 

शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरूले प्रदर्शन गरेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । देश भरबाट आएका शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रर्दशन गर्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro