site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षकलाई बेसहारा र निर्धाे बनाउन खोजियो

शिक्षकहरुको यतिखेर जुन आन्दोलन चलिरहेको छ, जसको मूलकारण संसद्मा दर्ता शिक्षा सम्बन्धी विधेयक हो । यसभन्दा अघि निजी क्षेत्रका विद्यालय संगठित भएको हुँदा तिनको माग या आवाज सम्बोधन भयो ।

त्यसरी छिट्टै समाधान हुनुमा राजनीतिक दलका नेताका प्रत्यक्ष वा अप्रत्यक्ष लगानीमा निजी क्षेत्रका विद्यालयहरु सञ्चालित हुनु पनि हो । त्यहीकारण पनि त्यो छिट्टै सम्बोधन भएको हो ।

यदि संसद्मा दर्ता विधेयक यथावत पारित भएको खण्डमा माध्यमिक शिक्षा तहसनहस र ध्वस्त हुन जानेछ ।  सँगै शिक्षकहरुको मानमर्दन निश्चित छ । आन्दोलनरत शिक्षकहरुको माग जायज छ र यथाशीघ्र सम्बोधन गर्नैपर्छ ।

Dabur Nepal
NIC Asia

किनभने शिक्षा सेवा आयोगको परीक्षा पास गर्नेहरु मात्र शिक्षक हुन्छन् । उनीहरु परीक्षा पास भएपछि मात्र पोस्टिङ हुन्छन् ।  त्यसरी उनीहरुको पदस्थापन भइसकेपछि मूल्यांकन, सरुवा, बढुवा, कारबाहीलगायतका काम स्थानीय तहलाई दिन खोजिएको छ । त्यसो गर्नु भनेको शिक्षकको मानमर्दन गर्नु नै हो ।

संवैधानिक रुपले एउटा गल्ती के भएको छ भने माध्यमिक शिक्षा पालिकालाई दिनू । उनीहरुको क्षमता नहेरीकन त्यसरी दिनु गलत काम थियो । त्यसले पालिका तहमा शिक्षाको गुणस्तर गिरेको छ । माध्यमिक शिक्षा नै भद्रगोल भएपछि उच्च शिक्षा गतिलो हुने प्रश्न नै आउँदैन ।

एकातिर शिक्षामा संघ लगानी छ । तलबदेखि सम्पूर्ण सुविधा संघले दिन्छ । तर तिनलाई कारबाहीको त्रासमा राख्ने पालिकाले गर्ने प्रस्ताव गरिएको छ । त्यसो हुँदा प्रस्तावित विधेयक संशोधन र परिमार्जन हुनैपर्छ । जसले परीक्षा लिन्छ, नियुक्ति गर्छ, उसैले त्यसमा हेर्नुपर्छ । 

उनीहरुको परीक्षा र नियुक्ति संघीय शिक्षा आयोगले गर्छ । शिक्षकहरुले संघीय आयोगबाट परीक्षा पास गरेको हुँदा त्यहीबाट आफ्नो सरुवा, बढुवा लगायतका काम–कारबाही भएको हेर्न चाहन्छन् । यतिखेर संवैधानिक आधार के दिइँदैछ भने माध्यमिक शिक्षासम्म स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्नेगरी अनुसूचीमा उल्लेख छ । 

शिक्षाका हकमा प्रदेशको भूमिका नै देखिँदैन । संविधानतः संघ र स्थानीय तहको भूमिका देखिन्छ । तर, माध्यमिक शिक्षा कानुनले निर्धारण गरेको छ । जमानामा प्राथमिक, निम्न माध्यमिक, माध्यमिक, एसएलसी, प्रमाणपत्र हुँदै उच्च शिक्षा विकास भएको थियो । 

अब माध्यमिक तहसँगै ‘प्लस–टु’ पनि जोडिएको छ । यो पछिल्लो घटनाक्रम हो । अर्काे त, यो विधेयकसँगै एसइई हटाउने निर्णय पनि उचित होइन, यसले शिक्षालाई तहनस तुल्याउँछ । एसइइ बोर्ड परीक्षा हटाउन अनुचित छ ।

अब १२ कक्षामा मात्रै बोर्ड राख्ने सोच देखिन्छ । यो कहाँ, के प्रयोग गर्न खोजिएको हो बुझ्न सकिँदैन । तर यो शिक्षाका निम्ति अर्काे विडम्बना हो । सरकारले अर्काे बठ्याइ के गर्न खोजेको छ भने माध्यमिक शिक्षा स्थानीय तहलाई दिने, अर्का चाहिँ जिल्ला शिक्षास्तरीय कार्यालय पुनर्जीवन गर्ने । 

यो दुवै एक अर्काबीच अन्तरविरोधी छ । यो के लागि गर्न खोजिएको हो ? अर्काे त पालिकाले पालिकास्तरमा मात्र सरुवा गर्न पाउँछ । बरु यी अधिकार प्रदेशलाई दिइएको भए, शिक्षकहरुको पनि मर्यादा रहन्थ्यो । प्रदेशले शिक्षकहरुको मूल्यांकन गर्थ्यो ।

कानुनद्वारा माध्यमिक शिक्षा निर्धारण गरेको छ, त्यसमा संविधान बाधक छ भने कानुन संशोधन गरे हुन्छ नै । पहिला कानुन बन्यो, संविधान त पछि बन्यो । संविधानअनुकूल कानुन संशोधन भएन । ‘प्लस टु’लाई माध्यमिक तहमा पु¥याइने काम कानुनद्वारा पनि होइन, सरकारी निर्णयद्वारा गरिएको हो । 

संविधानले माध्यमिक तह निर्धारण गरेको होइन कि कानुनले निर्धारण गरेको हो । कतिसम्म प्राथमिक, कतिसम्म माध्यमिक, उच्च माध्यमिक र विश्वविद्यालय पनि कानुनद्वारा नै परिभाषित हो ।  संविधानले यसको परिभाषा गरेको होइन, संविधानले त शब्दलाई मात्रै ‘क्वाइन’ गरेको हो । 

वास्तवमा संविधान जारी भइसकेपछि ‘प्लस टु’लाई माध्यमिक शिक्षा मानिएको हो । पहिला त, एलएलसीसम्म माध्यमिक शिक्षा मानिन्थ्यो । मैले यो विषयमा सरकारी तहमा ‘लबिङ’ पनि गरे । मैले जो–जोसँग कुरा गरे, व्यक्तिगत कुराकानीमा उनीहरु पनि यो गलत भएको स्वीकार गर्छन् । 

भित्री रहस्य अरु केही हुन सक्छन्, त्यसको सोधखोज गर्नुपर्ने देखिन्छ । मलाई के लाग्छ भने स्थानीय तहसँग माध्यमिक तह व्यवस्थापन गर्नसक्ने क्षमता छैन । ऊसँग जनशक्ति छैन । उसले केन्द्रले पठाएको तलब बाँड्ने, अरु उसको भूमिका देखिँदैन । 

बढी भन्दा बढी उसले सरुवा गर्छ । अब हरेक पालिकाले अलग–अलग शिक्षा ऐन निर्माण गर्दैछन् । त्यसरी अलग–अलग कानुन बनाएपछि देशमा माध्यमिक तहसम्मको शिक्षा अलग–अलग ढंगले व्यवस्थापन गर्न देखिन्छ ।

दोस्रो निजामती सेवामा लोक सेवा आयोगले परीक्षा लिन्छ, यसमा शिक्षा सेवा आयोगले ।  यसमा एउटाले परीक्षा लिने अर्काेले शासन गरेपछि शिक्षक चाहिँ बेसहारा हुने ?  त्यसरी पालिका मातहत फालिदिएर शिक्षकहरुलाई निर्धाे बनाउनु भएन । 

अर्काे त, शैक्षिक योग्यताका हिसाबले पनि हेर्ने भने प्राथमिक शिक्षाकै निम्ति बिएड चाहिन्छ । त्यसरी हेर्ने हो भने बीएड भनेको निजामती सेवामा सेक्सन अफिसर सरहको हो । त्यसमा पनि शिक्षक अनेक प्रकारका छन्, अस्थायी, स्थायी, करार, राहतका, अनुदानका । 

यस्ता नामले पनि अलमल गराएको छ । शिक्षकहरुको भनाइ के सही छ भने आन्तरिक प्रतिस्पर्धा गराउने हो भने तिनीहरुबीच मात्र गराउनुपर्छ भन्ने हो । पहिला जसरी करारवालालाई मात्र गराइएको थियो वा राहत कोटालाई गरिएको थियो । 

तिनले मात्र आवेदन दिने र तिनीहरुबीच मात्रै प्रतिस्पर्धा भयो । जो पास भए रहे, जो फेल भए, गए । सरकारले के भनेको थियो भने कोही स्वेच्छाले जान्छ भने एकमुष्ठ रकम दिने, जो त्यसरी गएनन्, तिनीहरु आन्तरिक प्रतिस्पर्धामा भाग लिए । 

त्यसबाट कोही रहे र कोही फालिए, कोही गए । सरकारले ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाहिरी लिने भन्दैछ । त्यसमा शिक्षहरुको असन्तुष्टि देखिन्छ । जो आठ–दश वर्षदेखि पढाइरहेका छन्, त्यसो गर्नु भनेको बेमेलकै परिस्थिति छ ।

यो विधेयकले शैक्षिक जगत अझ विशेषगरी माध्यमिक शिक्षालाई ध्वस्त पार्ने हिसाबले नै अघि बढेको अवस्था छ । त्यसो हुँदा यो विधेयकमा पुनर्विचार गर्नैपर्छ ।

(पूर्वमन्त्री त्रिपाठीले बाह्रखरीसँग गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro