site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षकहरूलाई रास्वपाले भन्यो– विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनरत शिक्षकहरूलाई विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले शिक्षकहरूले आफ्ना माग सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधि हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने बताएको हो ।

रास्वपाले विद्यालय शिक्षासम्बन्धी विधेयकबारे विज्ञहरूसँग छलफल गरेर संशोधन प्रस्ताव राख्ने पनि जनाएको छ । 

"नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरूको गुणस्तर उकास्नुपर्छ, ती विद्यालयहरूमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरूको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रस्ट थियौँ र छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो । शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयाबह स्थितिमा जान्छ । नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ," रास्वपाले भनेको छ । 

रास्वपाले शिक्षकहरूप्रति सरकारले कहिल्यै उचित व्यवहार नगरेको पनि आरोप लगाएको छ ।

PKR-1695291742.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro